
फोटो सौजन्य : शिवु खनाल ।
१७ माघ, काठमाडौं । दाङको लमहीमा स्कुल बसले किच्दा शुक्रबार एक जना बालिकाको मृत्यु भएको छ ।
दाङको लमहीस्थित गोरखा बोर्डिङ स्कुलको रा १ क १०२८ नम्बरको स्कुल बसले किच्दा लमही नगरपालिका-६ देउपुरकी डेढ वर्षीया बालिका सखिना खातुनको मृत्यु भएको हो । विद्यार्थी ओरालेर जाने क्रममा बसले खातुनलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त बसबाट दाइ ओर्लिएको देखेपछि सडक छेउमा खेलीरहेकी बालिका बसको अगाडि पुग्ने क्रममा एक्कासी बस अगाडि बढ्दा दुर्घटना भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
बस चालकलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलीयाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4