+
+

ललितानिवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराई जोगिए

१७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २२ गते २०:४५

२२ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको छ ।

सरकारी तथा सार्वजनिक जगगा व्यक्तिको नाममा गर्न सरकारका विभिन्न मन्त्रालय र निकायहरुबाट भएका गैह्रकाननूनी कार्यलाई वैधानिकता दिलाउने प्रस्तावमा नेपाल र भट्टराई नेतृत्वको मन्त्रपरिषदबाट निर्णय भएको पाइएको छ ।

सर्वोच्चको विशेष इजलासले १८ असोज २०५३ मा फैसला र अख्तियार ऐनअनुसार मन्त्रिपरिषदबाट सामूहिक रुपमा गरेका निर्णयहरु आफ्नो क्षेत्रकिारभित्र नपर्ने भन्दै उसले भनेको छ, ‘तत्कालीन प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको बयान भएता पनि निजीहरुको हकमा केही गरिरहनु परेन ।’

तर मन्त्रिपरिषदबाट हुने निर्णयमा पनि अख्तियारको क्षेत्राधिकार आकर्षित हुने कानूनी व्यवस्थन गर्न र ललिता निवास जग प्रकरणमा समीक्षा, विश्लेषण, मूल्यांकन जेजे गर्नुपर्नेछ, त्यो गर्न सरकारलाई सुझाव दिएको छ ।

अख्तियारले पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, पूर्वमन्त्री संजय साहसहित १७ जनाविरुद्ध पनि मुद्दा नचल्ने ठहर गरेको छ ।

जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा चारमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ भने ६५ जनाको जग्गा जफत गर्न मागदाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?