+
+

भ्रष्टाचार मुद्दा लागेका न्यायाधीश पनि स्वतः निलम्बित, पेसी तोकिए पनि इजलासमा बसेनन्

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २३ गते १२:३७

२३ माघ, काठमाडौं । बालुवाटारको ललितानिवासस्थित सरकारी जग्गा व्यक्तिका नाममा गर्न भूमिका खेलेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेका न्यायाधीश विनोदकुमार गौतमको इजलासमा बिहीबार पनि तीनवटा मुद्दा तोकिएको छ ।

चितवनका न्यायाधीश गौतमको इजलासमा लागूऔषध, सम्बन्ध विच्छेद र लेनदेनका गरी तीनवटा मुद्दा पेसीमा राखिएकोमा गौतम इजलासमा नबसेपछि स्थगित भएका छन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार भ्रष्टाचार मुद्दा दर्ता भएपछि सार्वजनिक पदमा बसेका व्यक्ति पदबाट स्वतः निलम्बन हुन्छन् । तर, गौतमको इजलासमा भने आज पनि तीनवटा मुद्दाको पेसी तोकिएको छ ।

न्यायाधीश न्यायपरिषद ऐन अनुसार नियुक्त हुने भएकाले उनीविरुद्ध अख्तियारले मुद्दा दायर गर्दैमा स्वत: निलम्बन नहुने कतिपयको तर्क छ । तर, न्यायपरिषद प्रवक्ता मानबहादुर कार्कीले भने जुन ऐनअन्तर्गत मुद्दा दायर भएको हो, सोही ऐन अनुसार निलम्बन हुने बताए ।

इजलास तोकिएकोबारे आफूलाई थाहा नभएको र पत्रपत्रिकामा समाचार आएका आधारमा भन्दा पनि अख्तियारले यसबारे चिठी लेखेर सम्बन्धित ठाउँमा जानकारी गराउनुपर्ने उनले बताए । प्रक्रियागतरुपमा जानकारी पुगेपछि न्यायाधीश गौतम स्वतः निलम्बनमा पर्ने उनको भनाइ छ ।

भ्रष्टाचार निवारण ऐन अनुसार नै कांग्रेस उपसभापति बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतः निम्लम्बित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?