+
+

कोरोना संक्रमण नभएको खबरले दिएको खुसी

आर्यन धिमाल आर्यन धिमाल
२०७६ फागुन १९ गते २०:४७

१९ फागुन, काठमाडौं । चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

यसको जानकारी खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएकाहरुलाई चिकित्सकले सुनाएका थिए । जब स्वास्थ्य परीक्षणको रिपोर्ट नेभेटिभ आएको खबर सुने, क्वारेन्टाइनमा बसेकाहरुले ताली बजाएर खुसी साटेका थिए ।

चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहा“ रहेका १७५ जनालाई ४ फागुनमा उद्दार गरिएको थियो । उनीहरुलाई भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।

नेपाल ल्याए लगतै गरिएको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । अहिले पनि नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनमा बसेका सबै जना अब आआफ्नो घर जाने भएका छन् ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?