+
+

आर्थिक वृद्धिको लक्ष्यमा कोरोना भाइरस बाधक

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १९ गते २२:०८

१९ फागुन, काठमाडौं । नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पुरा हुने नहुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६÷७७ का लागि ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै सरकारले लिएको लक्ष्य पुरा हुने सम्भावना अत्यन्तै कम रहेको उल्लेख गरेको हो ।

आर्थिक वृद्धिको लक्ष्य पुरा हुन नसक्नुको मूख्य कारकको रुपमा राष्ट्र बैंकले कोरोना भाइरसलाई देखाएको छ । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पर्यटन र व्यापारिक गतिविधि प्रभावित हुने जोखिम बढेको भन्दै यसले आर्थिक वृद्धिको लक्ष्य पुरा हुन नसक्ने राष्ट्र बैंकले बताएको छ ।

‘विश्व अर्थतन्त्रमा आएको सुस्ती र चीनमा देखिएको कोरोना संक्रमणको प्रभाव अन्तर्राष्ट्रिय बजारमा तेलको माग र मूल्यमा देखिन थालेको छ, पेट्रोलियम पदार्थको मूल्यमा आउने कमीले आयात व्यवस्थापनलाई सहज बनाउने भएता पनि विप्रेषण आप्रवाह प्रभावित हुने सम्भावना पनि छ’ मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।

कोरोना भाइरस र यसवर्ष धान उत्पादनमा कमी आउने भएकाले पनि आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने राष्ट्र बैंकले बताएको छ ।

छिमेकी मुलुक लगायत विश्व अर्थतन्त्रमा आएकोसुस्ती, विश्वका केही देशहरुमा फैलिरहके ोकोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्रमा पर्न सक्ने असर तथा वर्षेवाली धानको उत्पादनमा आएको कमीले आर्थिक वृद्धि प्रभावित हुने देखिएको राष्ट्र बैंकले बताएको छ ।

कोरोना भाइसर संक्रमणको असर पर्न सक्ने क्षेत्रमा केहि सहुलियत दिने विषय पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।

समीक्षामा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?