
हामीले आफूलाई सुन्दर राख्नका लागि विभिन्न उपायहरु अपनाइरहेका हुन्छौं । आफूलाई स्मार्ट, सुन्दर तथा जवान राखिरहनका लागि जतिसुकै खर्च गर्न पनि हामी पछि पर्दैनौं । तर, जति नै मेहनत गरे पनि, जति नै पैसा खर्च गरे पनि स–साना कुरामा ध्यान नदिँदा हामीले गरेको मेहनत, समय तथा लगानीले परिणाम दिइरहेको हुँदैन । त्यतिमात्रै नभएर साना कुरामा होस् नपुर्याउँदा हाम्रो केश तथा छालामा नै नकारात्मक प्रभाव परिरहेको पाइन्छ । त्यसैले आफ्नो दैनिक जीवनमा केही कुराहरुमा विशेष ध्यान दिनुपर्छ ।
हरेक दिन साबुन प्रयोग नगरौं
हरेक दिन साबुनको प्रयोग गर्ने बानी छ भने त्यसलाई त्याग्नुपर्छ । अनुहारमा साबुनको अत्यधिक प्रयोगले छाला सुख्खा हुन्छ । अत्यधिक मात्रामा साबुन प्रयोग गर्दा त्यसले छालाको प्राकृतिक तैलीय पदार्थमा समेत प्रभाव पार्छ । त्यसबाहेक धेरै वासनादार साबुन पनि प्रयोग गर्नुहुँदैन । यसबाहेक बेसन र दहीको प्रयोग पनि निकै सुरक्षित मानिन्छ ।
धेरै समयसम्म नुहाउनु हुँदैन
जाडोमा तातो पानीले तथा गर्मीमा चिसो पानीले नुहाउँदा रमाइलो लाग्छ । यसबाहेक नुहाउनाले थकाइ पनि कम हुन्छ । तर, त्यसो हुन्छ भन्दैमा लामो समयसम्म नुहाउनु हुँदैन । धेरै समय लगाएर नुहाउँदा शरीरबाट निस्कने प्राकृतिक तेलमा नकारात्मक प्रभाव पर्छ भने छालाले आफ्नो स्वभाविक नरमपना समेत गुमाउँछ । त्यसैले नुहाउँदा १० देखि १५ मिनेटभन्दा बढी समय लगाउनु हुँदैन ।
राम्ररी पखाल्नुपर्छ
केशमा स्याम्पो तथा शरीरमा साबुन लगाएर नुहाएपछि त्यसलाई राम्ररी पखाल्नुपर्छ । यदि त्यसरी स्याम्पो तथा साबुन पखालिएन भने त्यो हानिकारक हुन्छ । यदि शरीरमा लगाइएको साबुन र स्याम्पो राम्ररी पखालिएन भने त्यसले रोम छिद्रलाई बन्द गरिदिन्छ र डण्डिफोर आउने सम्भावना हुन्छ । केशबाट स्याम्पू राम्ररी सफा भएन भने त्यसले टाउकोको छालालाई प्रभाव पार्छ । टाउकोको रोम छिद्र बन्द भएपछि केश कमजोर हुन्छ । कहिलेकाहीा साबुन सफा भएन भने पिठ्यूँ तथा गर्दनमा समेत बिमिरा आउन सक्छ ।
तातो पानीले नुहाउनु हुन्न
माथि नै भनिसकियो जाडो मौसममा तातो पानीले नुहाउँदा रमाइलो अनुभव हुन्छ । त्यसैले कतिपय मानिसहरु गर्मी मौसममा पनि तातो पानीले नै नुहाउने गर्छन् । यस्तो बानीले छाला र केशमा नकारात्मक प्रभाव पार्छ । तातो पानीले छाला तथा केशको प्राकृतिक तेललाई समेत हानि पुर्याउँछ । जसबाट केश तथा छाला सुख्खा र रुखो हुन्छ । त्यसैले जाडो मौसममा तातो पानीको ठाउँमा मन तातो पानी प्रयोग गर्नु राम्रो हुन्छ ।
प्रतिक्रिया 4