+
+

नेपाली दूतावास यूएईका अत्यावश्यक बाहेकका सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३ गते ११:४३

युएई । यूएईस्थित नेपाली दूतावासले दिदै आएका अत्यावश्यक बाहेकका सेवा अनिश्चित समयसम्मका लागि बन्द गरेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको घोषणा गरेको र त्यसको प्रभाव यूएईमा समेत देखिन थालेको अवस्थामा दूतावासले कामदार मागपत्र प्रमाणीकरण सम्बन्धी सम्पूर्ण सेवा बन्द गर्ने जनाएको हो ।

आइतबार एक सूचना जारी गर्दै चैत ४ गतेदेखि अर्को सूचना जारी नहुदासम्म यो सेवा बन्द रहने दूतावासले जनाएको छ ।

ट्राभल डकुमेन्ट, मृतक नेपालीको शव नेपाल पठाउन एनओसी जारी गर्ने, म्याद सकिएको राहदानी बनाउने जस्ता आवश्यक सेवा भने सञ्चालन भइरहने दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले बताइन् ।

नेपाल सरकारले फागुन २९ मा विदेश जाने नेपालीको हकमा श्रमस्वीकृति बन्द गर्ने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुले समेत श्रम र काउन्सुलर सम्बन्धिका सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

दूतावासको तथ्यांक अनुसार यूएईमा २ लाख ७५ हजार नेपाली कार्यरत छन् । यूएईमा दुईजना नेपालीमा कोरोनाको सक्रमण देखिएको थियो । उपचार गराइरहेका उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?