
११ चैत, चितवन । भरतपुरस्थित कोरोना बिषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार विहान ९:३० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जजनएको छ ।
लुपस भन्ने रोगबाट पीडित उनको मिर्गौला कमजोर थियो । पछिल्लो समय ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा ९ चैतमा रिफर भएर कोरोना बिषेश अस्पताल पुगेका थिए ।
उनको स्वाब १० गते काठमाडौं पठाइएको छ । तर तर कोरोना संक्रमण भए नभएको रिपोर्ट आउन बाँकी छ ।
१० गते दिउँसोबाट श्वासप्रश्वासमा केही समस्या बढेपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको थियो । र, उपचारकै क्रममा उनको मृत्यु भएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4