
१८ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) फैलाउन भूमिका खेलेको एक धार्मिकसभामा १९ जना नेपाली पनि सहभागी भएको खुलेको छ ।
मार्चको सुरुवातमा नयाँदिल्ली स्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगी जमातको हेडक्वाटरमा यो धार्मिक सभा भएको थियो । १ देखि १५ मार्चसम्म चलेको सभामा करिब आठ हजार सहभागी भएको त्यो सभामा विभिन्न देशका मानिसहरु पनि आएका थिए । नेपालबाट पनि १९ जना सहभागी भएका थिए ।
कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले सभा सम्मेलन गर्न रोक लगाएको बेला यो धार्मिकसभा भएको थियो । तर, सभा भएको स्थान नजिकै पर्ने दक्षिणी दिल्लीका केही मानिसमा आइतबार कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि भारतभर त्रास फैलिएको छ।
दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार त्यो धार्मिक सभामा सहभागीमध्ये २४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ ।
6 people from Telangana who attended congregation in Delhi’s Nizamuddin die due to coronavirus: Telangana govt
— Press Trust of India (@PTI_News) March 30, 2020
यस्तै तेलङ्गना सरकारले त्यही सभामा सहभागी ६ जनाको कोरोनाकै कारण मृत्यु भएको बताएको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ ।
अहिले भारतका विभिन्न राज्यमा त्यो धार्मिक सभामा सहभागीहरुको खोजी भइरहेको छ । उनीहरु परीक्षणका लागि अस्पताल पठाउने र क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ ।
धार्मिक सभामा नेपालबाट पनि १९ जना सहभागी भएको खुलेको हो । भारतीय सञ्चार माध्यमहरुले गृह मन्त्रालयलाई उद्दार गर्दै जनाएअनुसार सभामा दुई सय ८१ जना विदेशी थिए । जसमा नेपालसहित अफगानिस्तान, मलेसिया, म्यानमार, कीर्गिस्तान, थाल्याण्ड, श्रीलंका, बंगलादेश, इंगल्याण्ड, फिजी, फ्रान्सलगायत मुलुक छन् ।
यो पनि पढ्नुस्ः मलेसियामा कोरोना भाइरस ‘फैलाउने’ त्यो प्रार्थनासभा…
यसअघि मलेसिया र दक्षिण कोरियामा पनि धार्मिक स्थलमा गरिएको भेलाबाट कोरोना भाइरस मुलुकभर फैलिएको थियो । अहिलेसम्म भारतमा पनि कोभिड–१९ संक्रमितको संख्या एक हजार दुई सय नाघेको छ भने मृतकको संख्या ३२ पुगेको छ ।
के भन्छ तबलीगी जमात ?
सोमबार तबलीगी जमातले वक्तव्य जारी गर्दै भनेको छ ‘यो कार्यक्रम एक वर्ष पहिल्यै तय भएको थियो । जब भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनता कर्फ्यू घोषणा गरे, तब कार्यक्रम तत्काल बन्द गरिएको थियो । तर, पूर्ण लकडाउन घोषणा हुनुभन्दा पहिले नै केही राज्यले ट्रेन र बस सेवा बन्द गरेका थिए । त्यही कारण जहाँका मानिसहरुलाई पठाउन सकियो, उनीहरुलाई पठाउने प्रवन्ध मिलाइयो । लगतै पूर्ण लकडाउन घोषणा भयो ।’ संस्थाले भनेको छ ‘त्यही कारण जान मानिसहरु जान सकेनन्, यही बसे ।’
यस्ता मानिसहरुको संख्या करिब एक हजार थियो । २४ मार्चमा स्थानीय पुगेर पुगेर कार्यालय बन्द गर्न भन्यो । दुई दिनपछि एसडीएमसँग बैठक भयो र अर्को दिन ६ जनालाई परीक्षणका लागि पठाइयो । उसका लागि २८ मार्चमा थप ३३ जनालाई परीक्षणका लागि पठाइएको थियो । त्यसबेला पनि स्थानीय प्रशासनसँग मानिसहरुलाई घर जाने व्यवस्था गरिदिन आग्रह गरेको तबलीगी जमातले बताएको छ ।
भारतीय सञ्चार माध्यमकाअनुसार धार्मिक संस्था तबलीगी जमात १९२० देखि चल्दै आएको छ । मौलाना आजाद नेशनल उर्दू युनिभर्सिटीका उपकूलपति जफर सरेशवाल, जो तबलीगी जमातसँग जोडिएका छन्, उनकाअनुसार यो मुसलमानहरुको विश्वकै ठूलो संस्था हो । र, यसको सेन्टर एक सय ४० देशमा छ ।
प्रतिक्रिया 4