
१८ चैत, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्रालयलाई चीनको पावर चाइना कम्पनीले पाँच हजार थान सर्जिकल मास्क उपलब्ध गराएको छ ।
पछिल्लो समय नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गइरहेको समयमा पावर चाइनाले मंगलबार मन्त्रालयलाई उक्त मास्क उपलब्ध गराएको हो ।
पावर चाइनाका प्रतिनिधि ली हाइयुआनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन अनन्तलाई मास्क हस्तान्तरण गरेका हुन् ।
पावर चाइना कम्पनीले उपलब्ध गराएको मास्क मन्त्रालयअन्तर्गतका नेपाल विद्युत प्राधिकरण र जल तथा मौसम पूर्वानुमान महाशाखासहित अत्यावश्यक सेवाका कर्मचारीलाई वितरण गरिने मन्त्री पुनले बताए ।
अभावका बेला सद्भावपूर्वक मास्क उपलब्ध गराएकामा मन्त्री पुनले पावर चाइनालाई धन्यवाद दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4