+
+

वीर अस्पतालमा मृत्यु भएका पुरुषको नतिजा नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते १६:४३

१८ चैत, काठमाडौं । सोमबार वीर अस्पतालमा  मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण नभएको पुस्टि भएको छ ।

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्‍त उनको नमुना परीक्षणको नतिजा नेगेटिभ आएको वीर अस्पतालका डा. विद्यानिधि पौडेलले जानकारी दिए ।

ज्वरो आएका कारण सोमबार विहान उपचारका लागि अस्पताल आएका अन्दाजी ५० वर्षका ती व्यक्तिको सोमबार दिउँसो मृत्यु भएको थियो ।

उनी हालै भारतबाट आएका थिए ।

सोमबार नै वीर अस्पतालमा मृत्यु भएका चन्द्रागिरि नगरपालिकाकी युवतीको पनि मंगलबार रिपोर्ट आएको थियो । उनी पनि कोरोना संक्रमित नभएको पुस्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?