+
+

नर्सलाई डेराबाट निकालेको आरोपमा घरधनी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते १७:४५

१८ चैत, घोराही । कोरोना भाइरस सर्ने भन्दै नर्सलाई डेराबाट निकालेको आरोप लागेका दाङको घोराही उपमहानगरपालिका २ का वडासचिव नारायण आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

घोराही १८ नवलपुरस्थित आफ्नो घरमा डेरामा बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी नर्स सिर्जना खड्कालाई निकालेको आरोपमा उनलाई पक्राउ गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।

दाङका प्रहरी प्रवक्ता सुमित खड्काले आरोपबारे अनुसन्धान जारी रहेको बताए । प्रहरीका अनुसार वडा सचिव आचार्यले आरोप अस्वीकार गरेका छन् ।

घरधनी आचार्यका अनुसार नर्स खड्का पहिले रोल्पाका दुई किशोरी बस्ने कोठामा सँगै बस्न आएकी थिइन् । पछि ती किशोरी कोठा छाडेर गएपछि नर्स एक्लै बस्न थालेकी थिइन्।

‘त्यसपछि वडा सचिव आचार्यले मैले तिमीलाई डेरा दिएको होइन, रोल्पाली किशोरीहरुलाई पो दिएको हुँ भनेर कोठा खाली गर्न लगाएको भन्ने दावी आरोपीको छ,’ डीएसपी खड्काले भने ।

यसअघि प्रमुख जिल्ला अधिकारी रिजालले प्रेस विज्ञप्ति निकालेर केही घरधनीहरुले स्वास्थ्यकर्मीलाई घरबाट निस्किन भनेको सुन्नमा आएको भन्दै यदि त्यसो गरिए कारबाही गर्ने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?