+
+

पर्सामा जलाउँदै गरेको शव नियन्त्रणमा, हत्या आशंकामा सासूससुरा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २३ गते १४:३७

२३ चैत, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरी टोलकी २५ वर्षीया उर्मिला देवी पण्डितको शंकास्पद मृत्युको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि मृतकको सासूससुरा, देउरानी र अर्का एक व्यक्ति गरी ४ जनालाई नियन्त्रणमा लिएको छ ।

उर्मिलाका ससुरा ६० वर्षीय सुरेश पण्डित, सासू ५५ वर्षीया फूलकुमारी देवी र देउरानी २३ वर्षीया मालती देवी र अर्का व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतक उर्मिलाका श्रीमान वैदेशिक रोजगारीमा छन् ।

शनिबार बिहान उर्मिलाको हत्या गरी जलाउँदै गरेको भन्ने सूचना पाएपछि गएको प्रहरी टोलीले शव नियन्त्रणमा लिएको थियो । जलेको शरीरको केही भाग संकलन गरेर परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्ऽ सिंहले घटनाबारे अनुसन्धानका लागि परिवारका सदस्यसहित ४ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

‘हत्या गरेर शव जलाउँदै छन भन्ने खबर आयो, त्यसपछि पुगेर जलेको शरीरको केहि भाग संकलन गर्‍यौं,’ उनले भने, ‘थप अनुसन्धानका लागि परिवारका सदस्यसहित चार जनालाई नियन्त्रणमा लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?