+
+

कूटनीतिक नियोगको गाडी चढेर कालोबजारी !

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २५ गते २०:०७

२५ चैत, काठमाडौं । मंगलबार ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परे ।

पाँच हजार रूपैयाँ पर्ने थर्मल गन १५ हजार रूपैयाँमा बिक्री गर्न खोजेको प्रहरीको दाबी छ । प्रहरीले उनको साथबाट ६७ थान थर्मल गन पनि बरामद गरेको छ ।

शंकर ग्रुपले शनिबार मात्रै चीनको ग्वान्झाओबाट सात टन स्वास्थ्य सामग्री नेपाल ल्याएको थियो । त्यसमध्ये ज्वरो नाप्ने थर्मल गन अग्रवालले दोब्बर बढी रकममा बिक्री गरिरहेको सूचना प्रहरीको अपराध महाशाखाले आइतबारै प्राप्त गरेको थियो ।

मंगलबार दिउँसो नक्सालमा ६७ वटा थर्मल गन बिक्री गर्न लाग्दा उनी प्रहरीको फन्दामा परे ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनी कूटनीतिक नियोगकै नम्बर प्लेट भएको गाडी चढेर थर्मल गन बिक्री गर्न पुगेका थिए ।

अग्रवालले कूटनीतिक नियोगको गाडी दुरुपयोग गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुलबहादुर थापाले बताए ।

अग्रवाललाई अहिले अपराध महाशाखा लगिएको छ । एसएसपी थापाले भने, ‘थर्मल गन बाहेक अन्य स्वास्थ्य सामग्रीबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?