+
+

दरबारमार्ग प्रहरीको हिरासतमा राखिए व्यवसायी अग्रवाल

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २५ गते २२:००

२५ चैत, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारी फैलिएका वेला स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोप लागेका व्यवसायी सुलभ अग्रवाललाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा राखिएको छ ।

नियमित स्वास्थय परीक्षणका लागि वीर हस्पिटल लगेपछि उनलाई दरबारमार्ग प्रहरीको हिरासतमा राखिएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग भने, ‘टेकुको हिरासतमा धेरै मानिसहरु भएकाले दरबारमार्गमा राखेका हौं ।’

उनका अनुसार अग्रवालले अस्वस्थ महसुस गरेको बताए पनि स्वास्थ्य परीक्षणमा सबै रिपोर्ट सामान्य आएको थियो । त्यसपछि उनलाई दरबारमार्ग प्रहरीको हिरासतमा लिइएको थियो ।

अग्रवालविरुद्ध कालोबजारी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।

यो पनि पढ्नुस् 

शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ, कालोबजारीको आरोप

कूटनीतिक नियोगको गाडी चढेर कालोबजारी !

अग्रवालको घर र कार्यालयबाट खाली हात फर्कियो प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?