+
+

वीरगञ्जमा पुरुषको शव भेटियो, हत्या भएको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ८ गते १८:४३

८ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं २५ मौजे सिर्सियामा एक पुरुषको शव फेला परेको छ । स्थानीय देवनाथ पटेलको २६ वर्षीय रविकुमार पटेलको शव फेला परेको हो ।

सुख्खा बन्दरगाह (ड्राइपोर्ट) को पूर्वपट्टि रहेको मौजेसिर्सिया टोलमै पर्ने प्लटिङमा सोमबार बिहान पटेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

बिहान शौच गर्न निस्केकी युवतीले शव देखेपछि घर गाउँमा खबर गरेकी थिइन् । त्यसपछि मृतकका आफन्तले गएर शव पहिचान गरेका थिए । घाँटीमा रुमालले बेरिएको अवस्थामा भेटिएकोले उनको हत्या भएको आशंका स्थानीयले गरेका छन् ।

प्रहरीले घटनास्थल जाँच मुचुल्का उठाउनुको साथै शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको छ । घटनास्थलमा पुगेका पर्साका प्रहरी नायब उपरीक्षक शाहीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । ‘शरीरमा चोटपटक छैन, हत्या हो वा आत्महत्या अहिले नै भन्न सक्ने अवस्था छैन’ उनले भने ‘पोष्टमार्टम रिपोर्ट आएपछि तथ्य खुल्छ ।’

परिवारका अनुसार आइतबार बेलुका खाना खाएपछि पेट फुलेको भन्दै उनी घर बाहिर निस्केका थिए । साथीहरुसँग भुलेको हुन सक्ने आशंकामा खोजी गरिएको थिएन । तर बिहान अचनाक शव फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?