+
+

झापामा ६२ वर्षीय वृद्धमा देखियो कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १२ गते २०:१६

१२ वैशाख, विराटनगर । कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

 

उनलाई उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल ल्याउने तयारी भइरहेको छ । यससँगै संक्रमितको संख्या ४९ पुगेको छ । उनीहरु मध्ये १० जना निको भइसकेका छन् ।

संक्रमणको स्रोत छोरा

संक्रमितका छोरा ४ चैतमा दुबईबाट आएका थिए । विमानबाट काठमाडौं ओर्लिएका उनी बस चढेर घर पुगेका थिए ।

विदेशबाट आएकाहरुको परीक्षणका क्रममा उनीसँगै परिवारमा रहेका उनका आमा, बावु र श्रीमतीको टेष्ट गरिएको थियो । श्रीमती बाहेक सबैको पोजेटिभ आयो । त्यसपछि सबैको थ्रोट स्बाव संकलन गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

अरुको नेगेटिभ आयो तर, ६२ वर्षका बृद्धको रिपोर्ट पोजेटिभ आएको छ । उनी डाइबेटिजको विरामी भएको पाइएको छ । तर परिवारका कुनै सदस्यमा पनि लक्षण देखिएको थिएन ।

अब संक्रमितको सम्पर्कमा रहेकाहरुको खोजी गरेर परीक्षण गर्ने तयारी थालिएको जिल्ला जनस्वास्थ्यका उपप्रमुख जीवन चौलागाईले जानकारी दिए । करिव ४०० को थ्रोब स्बाव संकलन गर्ने तयारी छ ।

तथ्यांकमा काेराेना - नेपाल

पीसीआर६४७८८१
आरडीटी३१२४०२
आइसोलेसनमा१५२७३
संक्रमित २५५२९
निको भएको२००७३
मृत्यु१८३
क्वारेन्टिनमा९४४८८
अपडेटः २०७७ भदाै ११ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?