
१४ वैशाख, जनकपुरधाम । कोरोना संक्रमितको उपचारका लागि प्रदेश २ को धनुषामा स्तरोन्नती भइरहेको आइसोलेसनसहित ५० बेडको अस्पताल आगामी मंगलबारबाट सञ्चालनमा आउने भएको छ ।
धनुषाको नगराइन नगरपालिका-५ मा रहेको नगराइन अस्पतालको स्तरोन्नती गरी ५० बेडको अस्पताल बनाउने काम अन्तिम चरणमा पुगेको छ ।
प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहसहितका सरोकारवालाले आइतबार अस्पतालको निरीक्षण गरेका छन् । अस्पतालको ९० प्रतिशत काम सम्पन्न भइसकेको र दुई दिनभित्र सबै काम पूरा हुने मन्त्री साहले बताए । अस्पतालको स्तरन्नोतीका लागि प्रदेश सरकारले लगानी गरेको हो ।
यो अस्पतालसहित प्रदेशका ४ वटा अस्पताललाई ५० बेडको बनाउने निर्णय प्रदेश सरकारले गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4