
१५ वैशाख, बुटवल । नागरिक अभियान रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालको ओपीडी सेवा सुचारु गर्न अस्पताल प्रशासनसँग माग गरेको छ ।
लकडाउनसँगै एक महिनासम्म ओपीडी सेवा बन्द हुँदा बिरामीहरु उपचार पाउनबाट वञ्चित भएको भन्दै अभियानले सेवा सुचारु गर्न माग गरेको हो ।
अभियानका संयोजक एवं पूर्वसभासद विनोद पहाडी नेतृत्वको एक टोलीले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाल र कोरोना फोकल पर्सल डा. सुदर्शन थापालाई छुट्टाछुट्टै भेट गरी ओपीडी सेवा सुचारु गर्न माग गरेको हो ।
९८ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा इमर्जेन्सी र प्रसुति वाहेक अरु सबै सेवा चैत ११ गतेदेखि बन्द छन् ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. खनालले साधन स्रोतको व्यवस्थापन गरी छिटै ओपीडी सेवा सुचारु गर्ने आश्वासन दिएको अभियानका विक्रम खड्काले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4