+
+

थानकोटमा रोकिएकाहरुलाई विराटनगर नै फर्काउने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १५ गते २०:५७

१५ वैशाख, काठमाडौं । बिराटगरबाट आएका यात्रुहरुलाई उतै फर्काइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार विना समन्वय आएकाले उनीहरुलाई बिराटनगर नै फर्काउने निर्णय गरिएको हो ।

उनले भने, ‘काठमाडौंमा मान्छे ल्याउने नीति छैन । विरामी बाहेकलाई आउने दिँदैनौं ।’

विराटनगर महानगरले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकलाई लिन आइतबार सात वटा बस पठाएको थियो । त्यसमा अलपत्र गरेर काठमाडौं जान चाहने १६० जनालाई पनि पठाइएको थियो । तर प्रहरीले थानकोटमै रोकेको छ ।

विराटनगरबाट पठाइएका यात्रु काठमाडौं प्रवेश नाका नागढुंगामा रोकिएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले काठमाडौंले हेपाहा प्रवृत्ति देखाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?