+
+

दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु   

रासस रासस
२०७७ वैशाख १५ गते १६:२२

१५ वैशाख, नारायणपुर । दाङमा ट्याक्टर दुर्घटना हुँदा सोमबार एक किशोरको मृत्यु भएको छ । लमही बजारबाट स्थानीय अर्जुनखोला जाँदै गरेको रा १ त ३४७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा लमही नगरपालिका वडा नम्बर ५ का १९ वर्षीय दिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलाबाट ट्रयाक्टरमा बालुवा लादी घर बनाउँदै गरेको स्थानमा पुर्‍याउने क्रममा कोइलाबास सडकखण्डको लमही –५ मा सो दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए । चौधरी सोही ट्याक्टरमा काम गर्ने श्रमिक भएको प्रहरीले जनाएको छ । रातभर पानी परेकाले बाटामा चिप्लिएर दुर्घटना भएको थियो । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?