+
+

स्वास्थ्यकर्मीलाई सरकारको आग्रह : कोरोनाको आशंका लागे परीक्षणमा आउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १५ गते १६:४९

१५ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस (कोभिड–१९) को शंका लागे परीक्षणमा आउन आह्वान गरेको छ ।

हालै मात्र केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुई नर्सको आरडीटी टेष्ट पोजेटिभ आएको थियो । तर पीसीआर विधिबाट परिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।

उनीहरुको कन्ट्याक ट्रेसिङ र परीक्षणको काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलकाअनुसार अहिलेसम्म ५६ जनाको पहिचान गरिएको छ । साथै यदि उनीहरुको सम्पर्कमा आएर छुटेका केही छन् भने सम्पर्कमा आउन आग्रह गरेका छन् ।

डा. पारेखलकाअनुसार फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको आशंका लागे आरडीटी वा पीसीआर दुबै विधिबाट परीक्षण गर्ने व्यवस्था मिलाइनेछ ।

उनले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको प्रशंसा समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?