+
+

साढे २ सय क्विन्टल छोकडा तस्करी गर्न लैजाँदै गरेकाे ट्रक प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १५ गते १७:१०
तस्वीर सौजन्य : पर्सा प्रहरी

१५ वैशाख, काठमाडौं । तस्करीको लागि छोकडा बोकेर भारततर्फ जान लागेको एउटा ट्रकलाई प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । ना.५ख.९८५९ नम्बरको ट्रकसहित वीरगञ्ज महानगरपालिका-१६ का ३२ वर्षीय निशाल भन्ने विशाल क्षत्रीलाई प्रहरीले वीरगञ्जको रजतजयन्ती चोकबाट नियन्त्रणमा लिएको हो ।

भारततर्फ तस्करी गरी लैजान लागेको विशेष सूचनाको आधारमा छोकडा लोड भएको ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चालक क्षत्रीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि छोकडा सहितको ट्रक सोमबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

ट्रकमा रहेको कुल दुई सय ५० क्विन्टल छोकडा बरामद भएको र छोकडाको बजार मूल्य करिब ३७ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?