+
+

नारायणी अस्पतालमा ५० शय्याको आइसोलेसन वार्ड थपिने

सुरेश बिडारी सुरेश बिडारी
२०७७ वैशाख १५ गते २१:१३

१५ बैशाख, वीरगञ्ज । लेभल १ को कोरोना अस्पताल भएपछि नारायणी अस्पतालमा अन्य सेवा ठप्प छ । कतिपय मानिसहरु थाहा नपाएर उपचारका लागि आउँछन् । उनीहरु उपचार नपाएपछि अन्यत्र जान बाध्य छन् ।

अस्पतालमा कोरोना संक्रमित ३ जना संक्रमितको उपचार भइरहेको छ । कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा हाल १५ बेडको आइसोलेसन वार्ड छ । विगतमा आकस्मिक कक्षको सेवाका लागि तयार पारिएका बेडलाई आइसोलेसनमा परिणत गरिएको हो ।

अस्पतालको आकस्मिक कक्षको भवनको माथिल्लो तलामा ७ बेडको आईसीयु छ । त्यसबाहेक मेडिकल विभागको कार्डियोलोजीमा ५ बेडको आईसीयु तयार पारिएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि अन्य सेवा सञ्चालनमा रहेकै बखत ५ बेडको आईसीयु तयार पारिएको थियो ।

नारायणी अस्पतालमा पीसीआर मेसिन आइपुगे पनि त्यसका आवश्यक सहयोगी समान नहुँदा सञ्चालनमा आउन सकेको छैन

आकस्मिक कक्षको माथि बनाइएको २० बेडको आइसोलेसन वार्डमा एकसाता अघि आएको हावाहुरीले क्षति पुर्याएको छ । दाताको सहयोगमा आल्मुनियम र सिसाले घेरेर बनाइएको आइसोलेसनमा प्राकृत्तिक विपत्ती आइलागेपछि तत्काल उपयोग गर्न सक्ने अवस्थामा छैन ।

हावाले क्षति पुर्‍याएपछि पुनः मर्मत गर्ने आश्वासन दाताबाट आएको नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले जानकारी दिए । ‘आइसोलेसन वार्डमा हावाले क्षति पुर्याएको छ, अहिले आकस्मिक कक्षका कोठाहरुलाई नै आइसोलेसन वार्डको रुपमा प्रयोग गरिरहेका छौं,’ डा सिंहले भने, ‘दाताले हावाहुरीले क्षति पुर्याएको वार्ड पुनः बनाउने आश्वासन दिएका छन् ।’

नारायणी अस्पतालमा पीसीआर मेसिन आइपुगे पनि त्यसका आवश्यक सहयोगी समान नहुँदा सञ्चालनमा आउन सकेको छैन ।

‘नियमित सञ्चालन, मेशिन औजार र मर्मत सम्भार लगायत समग्र अस्पतालको सुदृढीकरणका लागि केही रकम आएको थियो,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले भने, ‘अलिअलि त पहिल्यै खर्च भइसकेको थियो, बचेको रकमबाट मलेकुलर ल्याब सञ्चालनका लागि तयारी गरिरहेका छौं । आवश्यक इक्युपमेन्ट पनि खरिद गरेका छौं ।’

प्रदेश २ सरकारले पनि पीसीआर परीक्षण सेवा सञ्चालनमा ल्याउन २५ लाख रुपैयाँ अस्पताललाई दिइसकेको छ । यसअघि प्रदेश सरकारले नारायणी अस्पताललाई ५० लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?