+
+

बन्द सेयर बजार खुलाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १६ गते १२:३९

१६ वैशाख, काठमाडौं । सरोकारवालाहरुले सेयर बजार खुलाउन माग गरेका छन् । बजार लामो समयदेखि बन्द हुँदा समथ्र अर्थतन्त्रमा नै नकरात्मक असर पर्ने भन्दै उनीहरुले बजार खुलाउनु पर्ने बताएका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी पछि लगानीकर्ताहरुकै आग्रहमा १० चैतदेखि बजार बन्द रहेको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष अम्बिकाप्रसाद पौडेलले एक महिना भन्दा बढी बजार बन्द हुनु राम्रो नभएको भन्दै खुलाउनु पर्ने बताए ।

यतिधेरै लामो समय लकडाउन लम्बिएला भन्ने शुरुमा नबुझेको कारण बजार बन्द माग गर्न आग्रह भएको भए पनि लामो समय भएकाले अब खुलाउनु पर्ने बताए । केहि सहजता बनाएर बजार नखुलाए लगानीकर्ताको विस्वास घट्ने पौडेलले बताए ।

बजार लामो समय बन्द अवस्थामा नै रहने हो भने स्वदेशीमात्रै नभएर विदेशी लगानीकर्तामा समेत नकरात्मक सन्देश जाने उनले बताए । उनले समय र सर्किट ब्रेकका सन्दर्भमा केहि विचार गरेर भए पनि बजार खुलाउनु पर्ने बताए ।
हाल दिनमा १० प्रतिशत भन्दा तल वा माथि जाने व्यवस्थालाई ५ प्रतिशतको सीमा तोकेर बजार खुलाउनु पर्ने पौडेलको प्रस्ताव छ ।

स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत राना भाटले पनि बजार खुलाउनु नै पर्ने बताए । तर सबै ब्रोकर कार्याल्यहरुलाई पास उपलब्ध गराएर खोल्नु पर्ने बताए । बजार खोल्दा कुनै ब्रोकर कार्यालय खोल्न र कुनै बन्द भने गर्न नहुने बताए ।
समय घछाएर र सर्किट ब्रेकको सीमा कम गरेर सबै ब्रोकर कार्यालयहरुमार्फत सेवा दिने गरी बजार खुलाउनु पर्ने उनले बताए ।

सेयर बजारका विज्ञ डा. गोपाल भट्टले लगानीकर्ताले भनेकै भरमा बजार बन्द गर्नु नै गलत भएको बताए । बजार बन्द गराएर पहिले नै गल्ती भइसकेको भन्दै उनले अब भने चाडो भन्दा चाडो बजार खुलाउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?