
१६ वैशाख, सप्तरी । जिल्लाको तिरहुत गाउँपालिकामा पैसाका नोट नोटहरु छरिएको अवस्थामा फेला परेको छ ।
तिरहुत गाउँपालिका वडा नम्बर ८ गोइठीस्थित वस्तीमा मंगलबार बिहान केही नोट छरिएको अवस्थामा फेला परेको हो ।
उक्त ठाउँबाट २ सय ७५ रुपैयाँ छरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार ५, १०, २०, ५० र १०० रुपैयाँको नोट छरिएको पाइएको छ ।
सोमबार राति नै वस्तीमा नोट छरिएको देखेपछि स्थानीयले विहान प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी डिमनबाट खटिएको प्रहरी टोलीले उक्त नोट सुरक्षित साथ राखेको बताउँदै नायव उपरीक्षक मिश्रले ती नोटको जाँच गरिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4