+
+

नेप्सेका सीईओ भन्छन्– २६ गतेदेखि बजार खुल्न सक्छ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १६ गते १२:५१

१६ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बन्द रहेको सेयर बजार आगमी २६ गतेदेखि खुलाउने विषयमा छलफल भइरहेको बताएका छन् ।

सरोकारवालाहरुले बजार खुलाउन गरेको आग्रह पछि नेप्सेका सीईओ साउदे २५ गतेसम्म लकडाउन रहेको र २६ गतेदेखि खेल्ने सम्भावना रहेको बताए ।

मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले बजार लामो समयसम्म बन्द हुँदा लगानीकर्तामा नकरात्मक असर परेको बताएका थिए ।

कोरोना भाइसर (कोभिड–१९) को त्रासपछि लगानीकर्ताहरुकै आग्रहमा १० चैतदेखि बजार बन्द रहेको छ । सीईओ साउदले सरोकारवालाहरुकै आग्रहपछि मात्रै बजार बन्द गरिएको बताए ।

‘सबैसँग सरसल्लाह गरेर नै बजार बन्द गरिएको हो, लकडाउन लम्बिदै जादा बजार पनि बन्द नै रह्यो’ उनले भने, ‘अब २५ गते लकडाउन सकिदैछ, २६ गतेदेखि बजार खुला हुनसक्छ ।’

उनले बजार केकसरी खुलाउने भन्ने विषयमा पनि छलफल भइरहेको बताए । नेप्से पनि बजार चाडै खुलाउने पक्षमा नै रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?