+
+

कोरिया जाने नेपाली बोकेर सोल उड्ने भयो नेपाल एयरलाइन्स

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १६ गते १७:०१

१६ वैशाख, काठमाडौं । नेपालमा बिदामा आएका र कोरियाको भिसा लागेर पनि जान नपाएका नेपाली बोकेर नेपाल एयरलाइन्स कोरियाको राजधानी सोल उड्ने भएको छ ।

केही दिनभित्र नेपाल एयरलाइन्सको वाइडबडी जहाज कोरिया जान लागेको हो । गैरआवासीय नेपाली संघ कोरियाको चार्टर्डमा यो जहाज कोरिया जान लागेको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

‘कोरिया जाने नेपाली नागरिक बोकेर जहाज उड्ने पक्का भएको छ, उनले भनिन्, ‘यात्रु संख्या भने अझै टुंगो लागिसकेको छैन ।’ यसअघि मन्त्रीपरिषद् बैठकले कोरिया जान अड्किएका नेपालीलाई लकडाउनकै अवधिमा समेत जान दिने गरी निर्णय गरेको थयो ।

यससँगै उनीहरुलाई कोरिया जाने बाटो खुलेको हो । प्रवक्ता खड्काका अनुसार ए३३० जहाज कोरियाको सोलस्थित इङचोन विमानस्थलमा उड्नेछ । नेपालमा विदेशबाट मानिस आउने भने प्रतिवन्ध छ । त्यसकारण जहाज रित्तै नेपाल र्फकने भएको छ । लकडाउन शुरु भएयता नेपाल एयरलाइन्सले आन्तरिक तथा बाहृय गरी झण्डै दुई दर्जन चार्टर्ड उडान गरिसकेको छ ।

कोरियाको भिसा रहेका बिदामा आएका नेपाली कामदारलाई विमान चार्टर गरी कोरिया पठाउनदिने वैशाख १४ गते बसेको मन्त्रीस्तरीय बैठकले निर्णय भएको श्रम मन्त्रालयले जनाएको छ । यसअघि १८ वैशाखका लागि उडान तय भएपनि जाने यात्रुको स्वास्थ्य चेकजाँचको प्रक्रिया नसकिने भएकाले उडान केही दिन पर सारिएको हो ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत बिदामा आएका इच्छुक कामदारलाई विमान चार्टर गरी पठाउन लागिएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए ।  त्यसका लागि इच्छुक कामदारले वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखामा सम्पर्क राख्न अनुरोध गरेको छ ।

नेपालमा व्यवसायिक उडानमा प्रतिवन्ध लागेको १ महिना पुगिसकेको छ । पछिल्लो समय २ जेठसम्म यस्तो प्रतिवन्ध कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?