+
+

बाबुरामविरुद्ध जाहेरी लिएर गएका नेकपाका युवालाई सरकारी वकिलले फर्काए

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १६ गते १८:४२

१६ वैशाख,काठमाडौं । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको ‘अपहरण’ प्रकरणलाई लिएर डा. बाबुराम भट्टराई, हिसिला यमी र विश्वदीप पाण्डेविरुद्ध गाली बेइज्जतीको मुद्दा जाहेरी लिएर गएका सत्तारुढ नेकपाका युवा नेताहरुलाई पनि सरकारी वकिलको कार्यालयले फिर्ता पठाएको छ ।

अपहरण प्रकरणमा महेश बस्नेत र सर्वेन्द्र खनाल सहितविरुद्ध जाहेरी लिएर जनता समाजवादी पार्टीका नेताहरु सरकारी वकिलको कार्यालयमा पुग्न सत्तारुढ नेकपाका युवा संघ र अनेरास्ववियूका नेताहरु पनि गाली बेइज्जतीको जाहेरी लिएर गएका थिए ।

युवा संघका नेता दीपशिखाले भने बाबुरामविरुद्ध त्यसरी उजुरी दिने युवासंघको कुनै निर्णय नभएको भन्दै कसैले त्यसो गरेको भए त्यो व्यक्तिगत मात्र भएको  बताए ।

युवा संघका केन्द्रीय सदस्य सन्जिवकुमार झा र अनेरास्ववियूका नेता नारायण घर्तीले बाबुरामसहितका नेताहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालको चरित्रहत्या गरेको भन्दै जाहेरी दर्खास्त लिएर गएका थिए ।

उनीहरुलाई सरकारी वकिलको कार्यालले एक सातापछि आउन भन्दै जाहेरी दर्ता नगरी फर्काएको हो ।

यसअघि सोमबार उनीहरु साइबर अपराधमा जाहेरी लिएर महानगरीय प्रहरी परिसरमा पुगेका थिए । प्रहरीले यो साइबर अपराध भन्दा पनि गाली बेइज्जती सम्बन्धी जाने मुद्दा भएको भन्दै सरकारी वकिलकोमा जान सुझाएको थियो ।

उता, युवा संघका नेता रामप्रसाद सापकोटा दीपशिखाले भने बाबुराम भट्टराईविरुद्ध त्यसरी उजुरी दिने युवासंघको कुनै निर्णय नभएको भन्दै कसैले संगठनका नाममा त्यसो गरेको भए त्यो व्यक्तिगत मात्र भएको अनलाइनखबरलाई प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?