
१६ वैशाख, काठमाडौं । कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरेको एक महिना भन्दा बढी भयो । लकडाउन भएदेखि संहदरबारभित्रका सबै क्यान्टिन बन्द छन् ।
परिणाममा सिंहदरबारभित्रका कुकुरहरु खान नपाएर मर्न थालेका छन् ।
मानिसहरुको आवतजावत हुँदा क्यान्टिनहरु सञ्चालनमा हुन्थे । त्यही क्यान्टिनबाट फालिएका खानेकुरा खाएर सिंहदरबारभित्रका कुकुर बाँचेका थिए ।
मंगलबार नेपाली कांग्रेस र नेकपाको संसदीय दलको कार्यालय अगाडि सडकमा एउटा कुकुर मृत अवस्थामा भेटियो । मृत कुकुरको मुखमा झिँगाहरु भन्किरहेका थिए ।
‘कुकुरलाई खानाको व्यवस्था छैन’
संसद सचिवालयले कुकुरका लागि खाना खुवाउने कुनै व्यवस्था गरेको छैन ।
‘गेटहरु खुला छन् । कुकुरहरु सिंहदरबारभित्र मात्रै रहन्छन् भन्ने पनि छैन् । क्यान्टिन हुँदा खान्थे । अहिले खानाकै लागि भनेर त्यस्तो छुट्टै केही गरिएको छैन’ सचिवालयका एक कर्मचारीले अनलाइनखबरसँग भने ।
‘कुर्सी कुहिए’
क्यान्टिन बन्द भएसँगै त्यहाँ रहेका कुर्सीहरु कुहिन थालेका छन् । क्यान्टिनवालाले क्यान्टिन बन्द गर्दा बाहिरका कुर्सी त्यसै छाडेका कारण कुहिन थालेका हुन् ।
कांग्रेस संसदीय दलको कार्यालय बाहिरको क्यान्टिनमा वरपर यत्रतत्र कुर्सीहरु छन् । ती कुर्सीहरु संसद सचिवालयकै हो ।
प्रतिक्रिया 4