+
+

वीरगञ्जका पाँच पसललाई जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १६ गते १९:००

१६ वैशाख, वीरगञ्ज । लकडाउनको मौका छोपेर उपभोक्ता ठगिएको गुनासो आएपछि वीरगञ्जमा सोमबार बजार अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले अनगुमनका क्रममा ५ वटा पसललाई कारबाही गरिएको छ ।

वीरगञ्ज–८ को रत्न जनरल स्टोर्स, वीरगञ्ज–५ को राजेश किराना सप्लायर्स, रोशन किराना पसल, वीरगञ्ज–१२ उजाला स्टोर र वीरगञ्ज आरसी फुड प्रोडक्टसलाई कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले जनाएको छ ।

आरसी फुडलाई १० हजार र अन्य पसललाई ५/५ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयका प्रवक्ता दिलिप खंग खत्वेले जानकारी दिए ।

‘साना, साना पसल थिए, खरिद बिल माग्दा कसैले पनि देखाउन सकेनन्’ उनले भने, ‘त्यसैले उनीहरुलाई जरिवाना गरेका छौं ।’

अनुगमन टोलीमा कार्यालयका प्रमुख जीतबहादुर भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेत लगायत सहभागी थिए ।

अनुगमनका क्रममा पसलमा मुल्य सूची नराख्ने, बिल बिजकहरु र मागेका कागजातहरु देखाउन नसक्ने समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । वीरगञ्जमा लकडाउनको समयमा यसअघि पनि दुईपटक बजार अनुगमन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?