
फाइल तस्वीर
१६ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सरकारलाई बजार अनुगमन गर्न निर्देशन दिएको छ ।
‘लकडाउनको अवधिमा बजारमा कालोबजारी मौलाएकाले सरकारलाई कालोबजारी नियन्त्रणका लागि लागि बजार अनुगमन गर्न निर्देश गरेका हौं’ समिति सभापति रामनारायण बिडारीले अनलाइनखबरसँग भने ।
मंगलबार बसेको समिति बैठकले सरकारलाई बन्दाबन्दीको समयमा नागरिकले पालना गर्नुपर्ने कर्तव्यसहितका विषय समेटेर आवश्यक कानुन बनाउन पनि सरकारलाई सुझाव दिएको छ ।
उपचार सामाग्रीको प्रयाप्त व्यवस्था गर्न, चिकित्साकर्मीहरुको मनोबल उकास्न र मजदुरलाई राहतको व्यवस्था गर्न पनि सुझाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4