+
+

प्रभु साह भन्छन्- ओलीको विकल्प प्रचण्डमात्र हुन्

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १७ गते १२:४०

१७ वैशाख, काठमाडौं । सत्तारुढ नेकपाका दुई नम्बर प्रदेश अध्यक्ष तथा सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प माधव नेपाल हुन नसक्ने बताएका छन् ।

उनले ओलीको विकल्प प्रचण्डबाहेक अरु हुन नसक्ने बताएका हुन् ।

पार्टीभित्रको विवादबारे पहिलोपटक मुख खोलेका साहले सचिवालयका नेताहरुले द्वन्द्व होइन, एकतालाई रोज्नुपर्ने बताए । अनलाइनखबरसँग कुरा गर्दै साहले भने- प्रधानमन्त्रीको विकल्पमा जानै परे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नै छैन ।

अहिले कोरोना भाइरसको महामारीको कारण देशले ठूलो आर्थिक गिरावटको सामना गरिरहेका बेला देशलाई अस्थिरतातर्फ लैजाने कुनै पनि काम नेकपाको प्राथमिकतामा हुन नसक्ने उनले बताए ।

साहले भने, ‘स्थिरता नै हाम्रो प्राथमिकता हुनुपर्छ । तर, यदि सरकारको विकल्प नै खोज्नुपर्ने हो भने उपयुक्त विकल्प प्रचण्ड मात्र हो, अरु कोही एबीसीडी हुन सक्दैन । व्यक्तित्वको हिसाबले उहाँ कुशल हुनुहुन्छ, आलोपालोको समझदारी कार्यान्वयन गर्ने र वरियताको कोणबाट पनि पार्टीका दुई अध्यक्षमध्ये एक भएकाले निर्विकल्प प्रचण्ड मात्र हुन सक्छन् ।

नेता साहले अहिले केही अवसरवादी नेताहरु द्वन्द र अस्थिरता पैदा गरेर आफ्नो स्वार्थ पूर्ति गर्न उद्धत रहेको बताए । तर, ती नेताको नाम भने उनले लिएनन् । बरिष्ठ नेता माधव नेपालसँग साहको विवाद रहँदै आएको छ ।

साहले रौतहट लगायत प्रदेश २ मा पार्टीभित्र आफ्नो पक्षलाई पेलेको भन्दै नेपालकै प्रस्तावमा सचिवालय बैठकले साहलाई स्पष्टीकरणसमेत सोधेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?