+
+

बाराका २५० मजदुर परिवारलाई राहत 

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १७ गते १३:१५

१७ वैशाख, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका र देवताल गाउँपालिकामा मजदुरी गरी जीवनयापन गर्ने २ सय ५० परिवारलाई राहत वितरण गरिएको छ ।

कारितास नेपालको आर्थिक सहयोगमा जन जागरण युवा क्लब ( जेजेवाईसी) बाराले अति विपन्न २ सय ५० घरपरिवारलाई राहत वितरण गरेको हो ।

संस्थाका अनुसार देवताल–७ मा प्रति परिवार ३० किलो चामल, ३ किलो दाल, २ किलो नुन, खाने तेल २ लिटर, चिनी २ किलो, नुहाउने र लुगाधुने साबुन २/२ पिस वितरण गरिएको हो । यस्तै महागढीमाई– ७ मा चामल १५ किलो, २ किलो दाल, १ किलो नुन, खाने तेल आधा लिटर वितरण गरिएको हो ।

लकडाउनका कारण छाकटार्न समस्या परेका दैनिक ज्याला मजदुरी गर्ने २ सय ५० परिवारलाई ४ लाख ८७ हजार ८ सय ५० रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष भैयाराम यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?