
१७ वैशाख, बुटवल । प्रदेश ५ मन्त्रिपरिषद्को बैठकले कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको उक्त कार्यविधि स्वीकृत गरेको हो ।
बैठकले बर्दिया, प्युठान र रुकुम पूर्वमा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
बैठकले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एवं पूर्वाधार निर्माण गर्न स्वीकृत प्रदान गरेको केसीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4