+
+

हावा भर्ने क्रममा गाडीको टायर पड्किँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १७ गते १८:३६

१७ वैशाख, काठमाडौं । विराटनगरमा गाडीको टायरमा हावा भर्ने क्रममा पड्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत समस्तीपुर घर भई सोही ठाउँ बस्दै आएका २५ वर्षीय मोहम्द हैदर रहेका छन् ।

विराटनगर महानगरपालिका-१३ मा पन्चर भएको गाडीको टायर बनाएर हावा भर्ने क्रममा टायर पड्किँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टायर पड्किँदा टायरमा रहेको फलामको रिङले लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?