
१७ वैशाख, गुल्मी । आगलागीमा परेर घाइते भएका बाग्लुङको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण खनालको उपचारको क्रममा बुधबार मृत्यु भएको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर–४ शान्तिपुरस्थित बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक समेत रहेका ४५ वर्षीय खनाल घइते भएका थिए । काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पसलमा आगलागी हुँदा उनीसहित उनकी ४२ वर्षीया श्रीमती रुपा खनाल र २१ वर्षीय छोरा सन्जय खनाल पनि घाइते भएका थिए । रुपा र सञ्जयको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।
गत वैशाख ८ गते खनालको पसलमा आगलागी भएको थियो । घाइते सबै जनाको स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि पाल्पा हुँदै काठमाडौं पठाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4