
१७ वैशाख, काठमाडौं । प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ११ लाख ५० हजार नेरुसहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ इनर्वागाँउ बस्ने २९ वर्षीय लालबाबुकुमार यादव रहेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीको टोलीले उनलाई वीरगञ्जको रजतजयन्ती चोकबाट बुधबार पक्राउ गरेको हो ।
भारतको रक्सौलबाट ना.६२ प ९५७१ नम्बरको मोटरसाइकल चढेर वीरगञ्जतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनले बोकेको झोलामा स्रोत खुल्न उक्त रकम फेला परेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका यादव हुण्डी कारोबारमा संलग्न रहेको आशंका प्रहरीले गरेको छ ।
बरामद नगर र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4