
१७ वैशाख, बुटवल । सैनामैना नगरपालिकाले किसानलाई मिनीटेलर र हलो ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।
कृषि पेशामा किसानलाई प्रोत्साहित गर्न नगरपालिकाले अगुवा किसानहरुलाई १२ थान मिनीटेलर र हलो वितरण गरेको हो । कृषि उत्पादन बढाउने र कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई प्रोत्साहनका लागि ५० प्रतिशत अनुदानमा कृषि यन्त्र र मौसम अनुसारको बिउ वितरण गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए ।
नगरको वर्षिक स्विकृत कार्यक्रम अनुसार करिब १५ लाख रुपैयाँ बजेटमा १२ थान मिनी टेलर र हलो ५० प्रतिशत अनुदानमा बांडिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । अनुदानमा कृषि यन्त्र पाएपछि समयमै खेती लगाउन सकिने सैनामैना–५का कृषक थागे थारुले बताए ।
मिनीटेलर भएपछि कम खर्चमै खेती गर्न सकिने आशा जागेको सैनामैना–२ का कृषक मिनप्रसाद भण्डारीले बताए ।
प्रतिक्रिया 4