+
+

चोरीको योजना बनाएका साथीहरुबाटै सुरजको हत्या !

श्रवण देव श्रवण देव
२०७७ वैशाख १७ गते २०:१६

१७ वैशाख, सप्तरी । हनुमाननगर कंकालनी नगरपालिका– १ भारदहस्थित कोशी बाँधमा गत मृत फेला परेको सुरज साहको हत्या उनकै साथीहरुले गरेको खुलेको छ ।

साहको हत्या गरेको आरोपमा प्रहरीले उनका साथीहरु सुजित कुमार मुखिया, प्याँ–प्याँ भन्ने कृष्णकुमार मुखिया र टिल्का भन्ने चन्द्रशेखर मण्डललाई पक्राउ गरेको छ । उनीहरुले घरेलु हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

तीनै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अन्य अनुसन्धान थालिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिए ।

यसरी मारिए सुरज

१० वर्षका सुरजको शव ३० चैत २०७६ को राति हनुमानगर कंकालनी नगरपालिका १ स्थित कोशी नदीको पश्चिमतर्फको बाँधको बाटो छेउको झाडीमा फेला परेको थियो । मृतक र हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरु गाँजा सेवन गर्न कोशी बाँधमा भेला भएका थिए । त्यसक्रममा उनीहरुले चोरीको योजना बनाए ।

चोरी गर्न आवश्यक पर्ने सामानहरु कट्टर, खुकुरी र बोरा ल्याउन सुरजलाई जिम्मा दिएर खाना खान आआफ्नो घरतिर लागे । छुट्टिएको एक घण्टापछि चारै जना गाउँ नजिकैको आँपको बगैंचामा जम्मा भएका थिए ।

पक्राउ परेकाहरुले दिएको बयानअनुसार सुरजसँग भएको सोनपीच (सुलेसन) नामक लागूऔषध सबैले खाएका थिए । राति १०ः३० बजेतिर कंकालिनी मन्दिर अगाडि पुगे । नसाको सुरमा रहेका उनीहरु जिस्किने क्रममा सुजितकुमारले ताल्चा काट्ने कटरले सुरजको टाउकोमा हाने । उनी बेहोस भएर ढले ।

लगत्तै तीन जना मिलेर प्लास्टिकको बोरामा रहेको निलो रंगको लेसले सुरजको घाँटीमा बाँधी तान्दै गर्दा लात्ती र कटर समेतले प्रहार गरेका थिए । त्यसपछि उनीहरुले प्लास्टिकको बोरामा हालेर भलुवातर्फ लगेको बयान दिएका छन् ।

बाँधतर्फ लैजाने क्रममा सुरज जीवित रहेको आशंकामा कोशी बाँधको छेउमा लगेर खुकुरीले टाउकोमा तीन–तीन पटक प्रहार गरेको र शव त्यहीँ छाडेर गएको अभियुक्तहरुले बयान दिएका छन् ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?