+
+

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १८ गते ६:१३

१८ वैशाख, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ । बेलायती विदेशमन्त्री डोमिनिक राबले बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या मार्च २ यता २६ हजार ९७ पुगेको बताएका हुन् ।

पहिलोपटक बेलायतले कोरोना भाइरसबाट समुदाय वा स्याहार केन्द्रमा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या समावेश गरेको हो । यसअघि बेलायतमा अस्पतालमा मृत्यु हुनेको संख्या मात्र गणना गरिँदै आएको थियो ।

यससँगै इंगल्याण्डमा मात्र मृतकको संख्यामा तीन हजार आठ सय ११ थपिएको छ । अहिले थपिएका मध्ये ७० प्रतिशत अस्पतालभन्दा बाहिर र बाँकी ३० प्रतिशत अस्पतालमा मृत्यु भएका मानिसहरु थिए ।

बुधबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो एक दिनमा बेलायतमा सात सय ६५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?