+
+

अमेरिकामा किन धेरै नर्सहरू कामभन्दा बाहिर छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १९ गते १८:२९

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अमेरिकामा डाक्टरहरूले आफूलाई जोखिममा राखेर काम गरिरहेका छन् । तर, त्यहीँ हजारौं डाक्टरको तलब कटौती भइरहेको छ । केही स्थानमा नर्सहरूलाई बेतलबी बिदा दिइएको छ भने स्वास्थ्य स्याहार कम्पनीहरूले नर्सहरूलाई बेतलबी बिदामा बस्न आग्रह गरिरहेका छन् ।

‘नर्सहरूलाई अहिले हिरोको संज्ञा दिइएको छ । तर, मैले भने त्यो महसुस गर्न पाएको छैन’ नर्स मासिया बुक्सटोन भन्छिन् । नर्स बुक्सटोनले काम गर्दै आएको अस्पताल खुला छ । तर, आपतकालीनबाहेकका सबै सेवा बन्द छन् । यही कारण अस्पतालको आम्दानीमा घटेको छ र ४० वर्षकी उनी नर्सिङ पेशामा पहिलोपटक बेरोजगार बन्नु परेको छ ।

यो कदम कोरोनाबाट सुरक्षित रहन चालिएको भएपनि आपतकालीनबाहेकका सेवा बन्द भएकोमा उनी चिन्तित छिन् र पहिलाको जस्तो सामान्य अवस्था फर्किन नसक्ने हो कि भन्ने त्रास छ ।

त्यस्तै, डाक्टर साइना पाक्र्स आफूलाई अप्रिल महिनामा एक सय २० घण्टा काम गरेको भए पनि मार्चको मध्यमा सबै समय कटौती गरिएको बताउँछिन् । त्यसका लागि आफूलाई कुनै जानकारी नआएइको उनले गुनासो छ । उनी ओहायो र ओक्लाहोमाको अस्पतालमा काम गर्थिन् । उनले काम गर्ने विभाग अझै पनि खुला छ । तर, बिरामीहरू आउन छाडेका छन् । उनी आफूले गुमाएको आम्दानीको भरपाईको लागि इमर्जेन्सी मेडिसिन (आकस्मिक चिकित्सा) सेवाको एक विशेषज्ञको रुपमा काम गर्छिन् ।

उनी बिरामीहरू कोरोना भाइरसका कारण अस्पताल जान डर मान्ने गरेको बताउँछिन् । त्यसैले, अहिले सामान्य डिपार्टमेन्टको तुलनामा इमर्जेन्सी डिपार्टमेन्ट सुनसान बन्ने गरेको छ । आफूहरू पैसा कमाउने अर्को उपायको खोजीमा लागेको उनले बताइन् ।

अमेरिकी स्वास्थ्यकर्मीले तलबमा कटौती वा बेतलबी बिदाको सामना गरिरहेको अवस्थामा स्वास्थ्य स्याहार व्यवस्थापक भने ठूलो वित्तीय दबाबको सामना गरिरहेका छन् ।

आफूहरूसँग निकै कम विकल्प रहेको उनीहरूको भनाइ छ । भर्मन्टको एक अस्पतालका सीईओ क्लाउडिओ फोर्ट महामारीका कारण आफूहरूको आम्दानी ६० प्रतिशत घटिसकेको बताउँछन् । अहिले अस्पतालले ८० लाख डलर गुमाइरहेको उनको भनाइ छ । त्यसैले एक सय ५० कर्मचारीलाई केही समयको बिदा दिइएको उनको भनाइ छ । यो संख्या कम्पनीको समग्र जनशक्तिको १० प्रतिशतभन्दा पनि कम हो ।

सरकारले पनि अस्पताललाई आर्थिक समस्याबाट बचाउन ५४ लाख डलर राहत दिएको छ । यो राहत पनि अस्पतालको लागि कम भएको र आगामी दिनमा थप सहयोग दिने वा नदिने अन्योल कायम रहेको उनको भनाइ छ । अस्पतालले पनि यो अवस्थामा बिरामीहरूलाई सेवा दिने धेरै कामहरू केवल दुई महिनाको अवधिमा गरेको फोर्ट बताउँछन् ।

कोलोराडोस्थित एक इमर्जेन्सी मेडिसिनमा काम गर्ने फिजिसियन जाने जेनब भने जोखिमपूर्ण अवस्था तलब कटौती गरिनु अपराध भएको बताउँछिन् । चिकित्सा क्षेत्र सेवाभन्दा पनि व्यवसाय बन्नु दुःखद् भएको उनको तर्क छ । उनका अनुसार यस्तो अवस्थामा कामबाट बेतलबी बिदा दिनुले स्वास्थ्यकर्मीमा नकारात्मक असर पर्ने बताइन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?