+
+

विप्लव समूहका नेता अनिल शर्मा अस्पतालबाटै पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २३ गते १३:५८

२३ वैशाख, चितवन । नेकपा विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरही अस्पतालबाटै पक्राउ परेका छन् ।

चितवनको रत्ननगर वडा नं ५ घर भएका नेता शर्मा भर्‍याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्‍‍याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् ।  शर्मा विप्लव समूहको प्रकाशन विभाग प्रमुख हुन् ।

चितवनका प्रहरी  प्रमुख एसपी नान्तिराज गुरुङले विप्लव समूहका एक नेता पक्राउ गरेको पुष्टि गरे । यद्यपि उनले नाम खुलाएनन् ।

सादा पाेशाकमा आएका ५ जना प्रहरी उनीसँग रहेको पारिवारिक स्राेतले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?