+
+

स्पेनमा ११३ वर्षीया वृद्धाले जितिन् कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३१ गते १४:२८

३१ वैशाख, काठमाडौं । स्पेनमा एक सय १३ वर्षीया वृद्धा कोरोना भाइरस (कोभिड-१९) बाट निको भएकी छिन् । स्पेनकै सबैभन्दा वृद्ध मानिएकी मारिया ब्रन्यास कोरोना भाइरसबाट निको भएकी हुन्।

गत मार्चमा स्पेनमा लकडाउन सुरु भएपछि उनलाई गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पाइएको थियो । तर, त्यसको केही सातामा नै उनी निको भएकी हुन्। उनलाई कोरोना भाइरसको सामान्य लक्षण मात्र देखिएको थियो ।

उनकी छोरीले सामाजिक सञ्जालमा उनी अहिले पूर्णरुपमा स्वस्थ रहेको बताएकी छिन् ।

ब्रन्यासको जन्स सन् १९०७ मा भएको थियो । उनका तीन सन्तान छन् । उनको सबैभन्दा जेठो सन्तानको उमेर पनि ८६ वर्ष भइसकेको छ । उनका ११ जना नातिनातिना छन् । उनको नातिनातिनामा पनि सबैभन्दा जेठोको उमेर ६० वर्ष छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?