+
+

हेपाटाइटिस सी : कारण, लक्षण र उपचार

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते १७:००

कलेजोसँग सम्बन्धित रोग हो, हेपटाइटिस- सी । यसको भाइरसले कलेजोलाई क्षतिग्रस्त बनाउँछ । जबकि सुरुको अवस्थामा यसको कुनैपनि लक्षण नदेखिन सक्छ । त्यसैले लक्षण देखापरेमा तुरुन्तै उपचार खोज्नुपर्छ ।

कस्तो हुन्छ त लक्षण ?

हेपाटाइटिस ‘सी’को लक्षण

१. भोक कम लाग्नु वा खान मन नलाग्नु

२. सामान्य अवस्थामा पनि थकान महसुस हुनु

३. पेट दुख्नु

४. अनुहार पहेँलो हुनु पनि यसको एउटा लक्षण हुन सक्छ

५. हल्का ज्वरो आउनु तथा जिउ चिलाउनु

किन हुन्छ त हेपाटाइटिस सी ?

सामान्यत: हेपाटाइटिस ‘सी’ हुनुको मुख्य कारण भनेको कलेजो कमजोर हुनु हो ।

१.अस्वस्थ्यकर खानपान जस्तो कि धेरै तेलयुक्त, मसलायुक्त, प्रशोधित खानेकुराको सेवन । बेसन, मैदा, वनस्पति घिउ आदिको सेवनले कलेजोलाई कमजोर बनाउँछ ।

२. कतिपय यस्ता खानेकुरा जुन पचाउनका लागि लामो समय लाग्छ । यस किसिमको खानेकुराले पनि कलेजोलाई असर गर्छ ।

३. धुमपान, कुनै प्रकारको नशाब तथा माछामासुको सेवन पनि कलेजोको लागि हानिकारक छ । यसको सेवनले कलेजो सुनिन सक्छ ।

४.  औषधिको सेवन पनि कलेजोको लागि घातक हुन सक्छ । प्यारासिटामोल, एन्टिबायोटिक, व्युटाजोलिडिनलगायतका औषधिको अत्याधिक प्रयोगले पनि कलेजो खराब बनाउन सक्छ ।

 हेपाइटिसबारे थाहा पाउने तरिकाः

रगत जाँच गरेर तथा लक्षण पहिचान गरेर पनि हेपाइटिस सी भए, नभएको थाहा पाउन सकिन्छ ।  हेपाटाइटिस भएको थाहा भएमा चिकित्सकसित परामर्श आवश्यक छ ।

के छ त उपचार ?

हेपाटाइटिस सीको लक्षण देखिएमा चिकित्सकसँग भेटेर उचित परामर्श लिनुपर्छ । बच्चालाई हेपाटाइटिसबाट बचाउन विभिन्न खोप लगाउन सकिन्छ ।  हेपाइटिस संक्रमित सुई, औजारलगायतको प्रयोगले अर्को व्यक्तिलाई समेत संक्रमित गर्नसक्ने हुँदा यसबारे विशेष सजग रहन आवश्यक छ । त्यस्तै, संक्रमित व्यक्तिसित नजिक बस्दा, उसले प्रयोग गरेको खानेकुरा खाँदा वा उसले प्रयोग गरेको सामान चलाउदा विशेष सजगता अपनाउन जरुरी छ ।

त्यसबाहेक घरेलु विधिबाट पनि केही मात्रामा यसको जोखिम कम गर्न सकिन्छ ।

१. तुलसीको पत्ताको पेस्ट बनाएर यसलाई उखुको जुससँग खान दिएमा पनि फाइदा हुन्छ । यसको लागि बिरामीले १५ देखि २० दिनसम्म यो जुसको सेवन गर्न आवश्यक छ ।

२. महको साथमा थोरै कपुर मिसाएर खानु पनि फाइदाजनक छ । तर, त्यसको लागि कपुको मात्रा निकै थोरै हुनुपर्छ ।

३. हरियो धनियाँलाई मसिनो काटेर त्यसमा ८–१०  तुलसीको पत्ता मिसाएर करिब चार लिटर पानीमा यसलाई उमाल्नुस् । यसलाई तबसम्म उमाल्नुपर्छ, जबसम्म उक्त पानी एक लिटर बराबर हुँदैन । अब उक्त घोललाई चिसो बनाएर दिनमा २-३ पटक यसको सेवन गर्नुपर्छ ।

४. सकिन्छ भने केही दिन केवल फलफूल तथा बढी मात्रामा पानीको सेवन गरौं।

५. तुलसीको पत्तालाई पिनेर मुलाको रससित खानाले पनि फाइदा हुन्छ ।

६.  फास्टफुड तथा जंक फुडबाट टाढै बसौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?