+
+

इन्डोनेसियामा अलपत्र नेपाली विद्यार्थीलाई भारतले गर्‍यो उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १२ गते १०:०४
Photo Credit : IndianEmbJkt
शेभिका ढकाल

१२ जेठ, काठमाडौं । इन्डोनेसियामा अलपत्र परेकी एक नेपाली विद्यार्थीलाई भारतले उद्धार गरेको छ । रत्ननगर–९ चितवनकी शेभिका ढकाललाई भारतले उद्धार गरेको हो ।

भारतले इन्डोनेसियामा रहेका आफ्ना नागरिकहरूलाई उद्धार गर्ने क्रममा ढकाललाई पनि उद्धार गरेको हो। यो कुरा इन्डोनेसियास्थित भारतीय दूतावासले ट्विट गरेर जानकारी दिएको छ ।

ट्विटरमा पोष्ट गरिएको एक भिडियोमा ढकालले आफू भारतको महाऋषि मार्कण्डेय विश्वविद्यालय हरियाणामा बीबीए अध्ययन गर्न आएको र इन्डोनेसियाको विश्वविद्यालयसँग आफूले पढिरहेको विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान कार्यक्रम भएअनुसार आफू इन्डोनेसिया आएको बताएकी छन् ।

उनले आफूलाई उद्धार गरिदिन नेपाल सरकारलाई अनुरोध गरेको र नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरेकाले आफू इन्डोनेसियाबाट फर्किन पाएको बताएकी छन् ।

उनले आफ्नो उद्धार गरिदिएको भन्दै नेपाल र भारत दुवै सरकारलाई धन्यवाद दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?