+
+

दलित युवकको हत्याबारे छानबिन गर्न मानवअधिकार आयोगको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते १४:५९

१३ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पश्चिम रुकुममा दलित युवकको हत्याबारे निष्पक्ष छानबिन गरी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी घटनाको छानबिन गर्न माग गरेको हो ।

आयोगले नेपालको कानून र विभिन्न अन्तर्राष्ट्रिय कानून विपरीतको यो घटनालाई जातीय विभेदको पराकाष्टा भनेको छ ।

आयोगले घटनामा प्रभावकारी अनुसन्धानको लागि आयोगको कर्णाली प्रदेश शाखा कार्यालय, जुम्लाबाट स्थानीय प्रहरी प्रशासनलाई पत्राचार हुनुका साथै जिल्लास्थित मानव अधिकार अवस्था अनुगमन समितिबाट अनुगमन भइरहेको बताएको छ ।

शनिबार पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित ३ जनाको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हामफाल्दा मृत्यु भएको छ । तीन जना बेपत्ता छन् भने १२ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?