+
+

चौरजहारी घटनाका पीडितलाई कर्णाली सरकारले राहत दिने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते १८:२०

१३ जेठ, काठमाडौं । रुकुम पश्चिमको चौरजहारी घटनाका पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले राहत दिने भएको छ ।

दलित युवासहितको मृत्यु भएको घटनाप्रति दुःखव्यक्त गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परिवारलाई उचित राहत  दिने बताएका हुन् ।

घटनाको छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरिसकेको जानकारी गराउँदै मुख्यमन्त्री शाहीले प्रदेश सरकारको तर्फबाट समेत छानबिन गरी दोषिमाथि कारबाही गर्न निर्देशन दिइसकेको बताए ।

प्रदेश संसदमा सम्बोधन गर्दै उनले जातीय सद्भाव र एकता कायम राख्न अपिलसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?