
१३ जेठ, हेटौंडा । मकवानपुरमा पानीसँगै आएको हावाहुरीले ढलेको रुखले च्यापिएर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ्ग गाउँपालिका- ५ चैनपुरमा ५६ वर्षीय वीरमाया प्रजा र वडानम्बर ३ का ६ वर्षीय आयुश मगर रहेका छन् ।
घरमा नजिकै बारीमा हिँड्दै गरेकी प्रजाको सिमलको रुखले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।
६ वर्षीय बालकको भने उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीको भनाइ छ । आयुशसँगै रुखमुनि बसेका ३ जना घाइते भएका थिए ।
घाइते भएका मानिकलाल बल र शम्भु सुनारको उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4