
१४ जेठ, हेटौंडा । हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि भएपछि चौकीटोलमा उनी बस्दै आएको घर सिल गरेर सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।
यही जेठ ९ गते चितवनबाट हेटौंडा आएकी उनको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको हेटौंडा अस्पतालका डाक्टर प्रविण श्रेष्ठले जानकारी दिए । उनको आरडीटी परीक्षण नेगेटिभ देखिए पनि पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको डा. श्रेष्ठले बताए ।
उनलाई हेटौंडाबाट चितवनको भरतपुर अस्पताल लगिएको छ ।
उनी र उनका श्रीमान चितवनमा रोजगारीमा थिए । उनी चितवनबाट हेटौंडा आएपछि कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4